This Portal is Connected to Production Database.

Nepali Language Pack
Thumbnail Image of श्रीमद्भागवतम् प्रथम स्कन्ध

श्रीमद्भागवतम् प्रथम स्कन्ध (Srimad Bhagavatam Prathama Skandha)

Author: श्री श्रीमद् अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपाद

Description

श्रीमद्भागवतम् भारतको बुद्धिमत्तापूर्ण वाङ्मयलेखनको क्षेत्रमा श्रीमद्भागवतले एउटा दार्शनिक र साहित्यिक महाकाव्यमध्ये प्रमुख स्थान प्राप्त गर्दछ । भारतको समयातीत ज्ञान प्राचीन संस्कृत ग्रन्थ वेदमा अभिव्यक्त गरिएको छ, जसले मानव ज्ञानको सम्पूर्ण क्षेत्रलाई स्पर्श गर्दछ । सम्पूर्ण वेद प्रारम्भमा भौतिक परमम्परा अनुसार संरक्षित गरिन्थ्यो, जसलाई, “ईश्‍वरका साहित्यिक अवतार श्रील व्यासदेवद्वारा लिखितरूपमा प्रदान गर्नुभयो । वेदलाई समायोजन गरेपछि आफ्ना गुरुको प्रेरणाले वेदको सारलाई श्रीमद्भागवतको रूपमा प्रस्तुत गर्नुभयो । श्रीमद्भागवतलाई “वैदिक साहित्यरूपी वृक्षको पाकेको फल” भनिन्छ । यो नै वैदिक ज्ञानको अत्यन्त पूर्ण र प्रामाणिक भाष्य पनि मानिन्छ । मुखपृष्ठ का विवरण १) मूल आध्यात्मिक जगत् वा आदि वैकुण्ठ, जसको कल्पना विशाल कमलको फूलसँग गरिन्छ, त्यसलाई गोलोक वृन्दावन धाम भनिन्छ । २) यस आदिलोक गोलोकबाट ब्रह्‍मज्योति नाम गरेको आध्यात्मिक किरण प्रकाशित हुन्छ, त्यो नै निर्विशेषवादीहरूको चरम लक्ष्य हो । ३) जसरी भौतिक ब्रह्‍माण्डको सूर्यको किरणभित्र असड्‌ख्य लोक हुन्छन्, त्यसरी नै यस असीमित ब्रह्‍मज्योति भित्र असीमित वैकुण्ठलोक हुन्छन् । यी वैकुण्ठलोकहरूमा भगवान् श्रीकृष्णका विस्तारित स्वअंशको प्रधानता हुन्छ । त्यहाँका निवासी जीवनमुक्त व्यक्ति हुन्छन् । ती सबै चार हात भएका र भगवान् नारायणका नामले प्रख्यात छन् । यस लोकलाई वैकुण्ठलोक भनिन्छ । ४) कहिलेकाहीँ ब्रह्‍मज्योतिको आध्यात्मिक आकाशको कुनामा आध्यात्मिक बादलले ढाक्दछ । त्यो ढाकिएको भागलाई महत्तत्त्व भनिन्छ । भगवान् आफ्नो अंशरूप महाविष्णुरूपमा त्यस महत्तत्त्वभित्र अवस्थित जलमा शयन गर्नुहुन्छ । त्यस जललाई “कारण जल” भनिन्छ । ५) जब भगवान् यस कारण जलमा शयन गर्नुहुन्छ, उहाँको श्‍वासबाट अनगिन्ती ब्रह्‍माण्ड उत्पन्‍न हुन्छन् । यस्ता तैरिरहेका ब्रह्‍माण्ड कारण जलमा सर्वत्र फैलिन्छन् । महाविष्णुको श्‍वासको अवधिसम्म ती रहन्छन् । ६) उनै महाविष्णु प्रत्येक ब्रह्‍माण्डमा गर्भोदकशायी विष्णुको रूपमा प्रवेश गरेर गर्भ सागरमा शेषको शैय्यामा शयन गर्नुहुन्छ । उहाँको नाभिबाट कमल अङ्कुरित हुन्छ र त्यस कमलमा ब्रह्‍माण्डका स्वामी ब्रह्‍माजीको जन्म हुन्छ। ब्रह्‍माजीले आफ्नो इच्छाअनुसार यस ब्रह्‍माण्डमा विभिन्‍न आकारका जीव उत्पन्‍न गर्नुहुन्छ । उहाँले सूर्य, चन्द्र र अन्य देवताहरू पनि उत्पन्‍न गर्नुहुन्छ । ७) प्रत्येक ब्रह्‍माण्डको केन्द्रमा सूर्य अवस्थित हुन्छन् र सम्पूर्ण ब्रह्‍माण्डमा प्रचुर प्रकाश र ताप वितरण गर्दछन् । महत्तत्त्वभित्र लाखौँ करोडौँ ब्रह्‍माण्डमा लाखौँ करोडौँ सूर्य छन् । सम्पूर्ण ब्रह्‍माण्ड स्वभावले नै अन्धकारमय हुन्छन् । त्यसैले, सूर्य र चन्द्रमाको आवश्यकता पर्दछ । त्यसैले, सम्पूर्ण वेदले हामीलाई अन्धकारमय ब्रह्‍माण्डबाट निस्किएर ब्रह्‍माज्योतिको प्रकाशतर्फ जाने आदेश गर्दछन् । ८) प्रकाशमय वैकुण्ठलोकको कारणले नै ब्रह्‍मज्योति हुन्छ । त्यहाँ सूर्य, चन्द्र र बिजुलीको आवश्यकता पर्दैन । श्रीमद्भागवतले हामीलाई परमलोक वृन्दावन पुग्नका लागि सहायता गर्दछ । यो द्वार सबैका लागि खुला छ । मानवजीवन यो विशेष उद्देश्यका लागि हो र यो नै सर्वोच्च पूर्णता वा सिद्धि हो ।

Sample Audio

Copyright © 1972, 2022 BHAKTIVEDANTA BOOK TRUST (E 5032)